Thursday, April 25, 2013

सेतीको नयाँ जुनी (फोटो फिचरसहित)


काठमाडौ,                                  
 वैशाख ११ - पर्वतकी सेती गौतम, ६४, पाँच वर्षयता पोखराको लामाचौर सडकमा बस्थिन्। मानसिक सन्तुलन गुमाएकी सेती आफूनजिक मानिस देख्यो कि ढुंगामुढा गरेर लखेट्थिन्। तिनैलाई झन्डै एक वर्षको निगरानीपछि पोखरा उपमहानगरपालिका वडा नं ९ का सचिव तथा समाजसेवी लोकदर्शन कोइरालाले स्वास्थ्यकर्मी दुर्गा केसी र बर्मिला तज्याको सहयोगमा हालै उद्धार गरेका छन्। सडकदेखि अस्पतालसम्म उद्धारको कथा रोचक छ।

Monday, April 22, 2013

हाम्रो साईबरमा तपाईं लाई स्वागत छ |

नमस्ते साईबर पोखरमा तपाईं लाई हार्दिक स्वागत


नमस्ते ब्यान्डले जापानमा सांगीतिक कार्यक्रम गर्दै



टोकियो, वैशाख ९ 
 ख्यातीप्राप्त व्याण्ड नमस्ते व्याण्डका संस्थापक ईश्वर गुरुङले आफ्नो व्याण्ड 'नमस्ते व्यान्ड' २५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा साथै नेपाली नयाँ वर्ष २०७० को अवसरमा गीत संगीत सहितको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

रेडियो नेपालमा प्रतिबन्द लगायको राष्ट्रबादी गीत ल सुन्नुहोस राष्ट्र प्रेमी हरुको लागि


न्यू नेपाली लोक गीत दिलको ढोका खुल्ला छ


Sunday, April 21, 2013

बलात्कारी’ समाउँदा प्रेमी परे


८ वैशाख, काठमाडौं । तपाईले कसैसँग प्रेम गर्नुभएको छ र उनलाई भेट्न कोठामै जाने गर्नुभएको छ भने ख्याल गर्नुहोला, तपाईले बलात्कारीको अभियोगमा प्रहरीको खोरसम्म पुग्नुपर्ने हुनसक्छ ।

यौनक्रिडा गरिरहेका अवस्थामा पक्राउ परेका २१ जनाविरुद्ध मुद्दा


इटहरी, वैशाख ८-होटल तथा रेस्टुराँमा यौनक्रिडा गरिरहेको अवस्थामा फेला परेका २१ जनालाई प्रहरीले सार्वजनिक ऐनअन्तर्गत मुद्दा चलाएको छ। यो साता इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट परिचालन भएका टोलीले होटलमा छापा मारेर ती मानिसलाई पक्राउ गरेको हो। 

हस्तमैथुन गर्दा ज्यानै गयो"


यौन "समस्याबाट ग्रस्त एक १६ वर्षीय किशोरको अत्यधिक हस्तमैथुनका कारण ज्यान गएको छ ।हाइपरसेक्सुआलिटीको लक्षण देखिएको उक्त किशोरले एक रातमा ४० पटक सम्म हस्तमैथुन गर्ने गरेका थिए ।'

कसरी रोकिन्छ सिघ्र स्खलन ?


एजेन्सी । यौन सम्र्पकका वेला धेरै पुरुषमा सिघ्र स्खलनको समस्य हुने गरेको छ । यसवाट यौन जीवन नै प्रभावित हुन सक्छ । यदि यस्तो समस्य भए पहिलो यौन सम्पर्क पछि फेरी दोस्रो पटक सम्पर्क गर्न सकिन्छ । दोस्रो पटकको सम्पर्क लामो समय रहन्छ र दुवैले यसवाट भरपुर आनन्द पनि लिन सक्छन् ।

 यौन सम्पर्कका लागि शनिवारको रात रोज्नु उपयुक्त हुन्छ । यसवेला पत्नीले पतिको अंग मालिस गरिदिनुपर्छ । यसवाट मानसिक एवं शारिरिक रुपमै यौन सम्पर्कका लागि तयार गराउछ ।

यही नै हो भनेर भन्न सकिने अवस्था नभए पनि अहिले शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ। कतिपय मानिसमा यौ नसम्पर्क वा क्रियाकलापमा ‘राम्रो’ गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ।

माओवादीको नेतृत्वमा आन्दोलनको घोषणा


काठमाडौं ,
 नेकपा-माओवादीलगायत ३३ दलीय मोर्चाले औपचारिकरुपमै सरकारको वार्ता प्रस्ताव अस्वीकार गर्दै चौथो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । माओवादीको पार्टी कार्यालयमा सम्पन्न मोर्चाको कार्यदलको बैठकले आन्दोलनका कार्यक्रम तय गरेको हो । आन्दोलनका क्रममा चुनाबी प्रक्रियालाई रोक्नेदेखि लिएर लैनचौरस्थित भारतीय दूताबास घेराऊसम्म गर्ने भएको छ ।

रुपन्देहीका दुई महिला प्रहरी निलम्बित


 वुटवल, बैशाख ८
लापरबाही गरेको भन्दै रुपन्देहीको जिल्ला प्रहरी कार्यालयले महिला सेलकी हवल्दार बृन्दाकुमारी केसी र जवान कमला कुमाललाई निलम्बन गरेर अनुसन्धान सुरु गरेको हो ।

ललितपुरको आफ्नै कोठामा १९ वर्षीया युवती बलात्कृत

८ वैशाख, काठमाडौं ।
ललितपुरको एकान्तकुनामा १९ वर्षीया युवती आफ्नै कोठामा बलात्कृत भएकी छिन् । शिव थापा मगर नाम गरेका २४ वर्षिय युवकले ति युवतीलाई बैशाख ३ गते बलात्कार गरेका हुन ।

सरकारसँग वार्ताको औचित्य छैनः बैद्य

सरकारसँग वार्ताको औचित्य छैनः बैद्य
2

८ वैशाख, काठमाडौं । नेकपा-माओवादीलेसरकारद्धारा प्रस्तावित वार्ताको औचित्य नभएको बताएको छ । माओवादी अध्यक्ष मोहन बैद्य किरणले आइतबार विज्ञप्ति जारी गरि चैत १ गते राष्ट्रपतिद्वारा जारी २५ बुँदे आदेश खारेजबारे छलफल गर्न तयार हुने कि नहुने भनि प्रश्न गर्नु भएको छ ।

kiran‘चैत्र १ गते राष्ट्रपतिज्यूबाट जारी गरिएको ‘२५ बुँदे आदेश’ नै पार्टीहरु वीच सहमति र सार्थक वार्ताका लागि प्रमुख समस्या बनेको छ । सो आदेशको खारेजीबारे छलफल गर्न तयार हुने कि नहुने भन्ने नै अहिलेको वार्ता सम्वन्धि मूल विषय बन्न गएको छ’ विज्ञप्तिमा भनिएको छ-’पत्रको व्यहोरा हेर्दा चैत्र १ गतेको प्रतिगामी र असंवैधानिक कदमको पृष्ठभूमिमा जारी गरिएको “२५ बँुदे आदेश”को मार्गचित्र अनुरुप आयोजना गरिने कथित सम्विधान सभाको निर्वाचन सम्वन्धमा वार्ता गर्न खोजिएको कुरा प्रष्ट छ । त्यसकारण, यो प्रस्तावित वार्ताको कुनै औचित्य देखिदैन ।’

विघटित संविधान सभामारहेका सबै दलहरुसहित आन्दोलनरत सबै दलहरुको बीचमा सहमतिको लागि सर्वपक्षीय गोलमेच वार्ता गरी राजनीतिक सहमति कायम गर्नु पर्ने स सरकारको बारेमा पनि दलहरु वीचको सर्वपक्षीय सहमतिबाट टुंगो लगाइनु पर्ने उसको माग छ ।

वर्तमान सरकारलाई असंवैधानिक भन्दै बैद्यले सरकारले गर्न लागेको निर्वाचनका विषयमा मात्र गरिने वार्ताको कुनै औचित्य नहुने बताउनु भयो ।
८ वैशाख, काठमाडौं ।
 नेकपा-माओवादीलेसरकारद्धारा प्रस्तावित वार्ताको औचित्य नभएको बताएको छ । माओवादी अध्यक्ष मोहन बैद्य किरणले आइतबार विज्ञप्ति जारी गरि चैत १ गते राष्ट्रपतिद्वारा जारी २५ बुँदे आदेश खारेजबारे छलफल गर्न तयार हुने कि नहुने भनि प्रश्न गर्नु भएको छ ।

‘चैत्र १ गते राष्ट्रपतिज्यूबाट जारी गरिएको ‘२५ बुँदे आदेश’ नै पार्टीहरु वीच सहमति र सार्थक वार्ताका लागि प्रमुख समस्या बनेको छ । सो आदेशको खारेजीबारे छलफल गर्न तयार हुने कि नहुने भन्ने नै अहिलेको वार्ता सम्वन्धि मूल विषय बन्न गएको छ’ विज्ञप्तिमा भनिएको छ-’पत्रको व्यहोरा हेर्दा चैत्र १ गतेको प्रतिगामी र असंवैधानिक कदमको पृष्ठभूमिमा जारी गरिएको “२५ बँुदे आदेश”को मार्गचित्र अनुरुप आयोजना गरिने कथित सम्विधान सभाको निर्वाचन सम्वन्धमा वार्ता गर्न खोजिएको कुरा प्रष्ट छ । त्यसकारण, यो प्रस्तावित वार्ताको कुनै औचित्य देखिदैन ।’

चीनसंग नेपाललाई धनी बनाउने प्रस्ताब राखेँ : प्रचण्ड


 काठमाडौ, बैशाख ८
 अखिल क्रान्तिकारीको प्रशिक्षणलाई आइतबार बिहान काठमाडौमा सम्बोधन गर्दै प्रचण्डले चीन भ्रमणका क्रममा आफूले नेपालको विकास र चीनले दिनसक्ने सहयोगका विषयमा महत्वपूर्ण छलफल गरेको बताउनुभयो ।