सरकारसँग वार्ताको औचित्य छैनः बैद्य
८
वैशाख, काठमाडौं ।
नेकपा-माओवादीलेसरकारद्धारा प्रस्तावित वार्ताको औचित्य
नभएको बताएको छ । माओवादी अध्यक्ष मोहन बैद्य किरणले आइतबार विज्ञप्ति
जारी गरि चैत १ गते राष्ट्रपतिद्वारा जारी २५ बुँदे आदेश खारेजबारे छलफल
गर्न तयार हुने कि नहुने भनि प्रश्न गर्नु भएको छ ।
‘चैत्र १ गते राष्ट्रपतिज्यूबाट जारी गरिएको ‘२५ बुँदे आदेश’ नै
पार्टीहरु वीच सहमति र सार्थक वार्ताका लागि प्रमुख समस्या बनेको छ । सो
आदेशको खारेजीबारे छलफल गर्न तयार हुने कि नहुने भन्ने नै अहिलेको वार्ता
सम्वन्धि मूल विषय बन्न गएको छ’ विज्ञप्तिमा भनिएको छ-’पत्रको व्यहोरा
हेर्दा चैत्र १ गतेको प्रतिगामी र असंवैधानिक कदमको पृष्ठभूमिमा जारी
गरिएको “२५ बँुदे आदेश”को मार्गचित्र अनुरुप आयोजना गरिने कथित सम्विधान
सभाको निर्वाचन सम्वन्धमा वार्ता गर्न खोजिएको कुरा प्रष्ट छ । त्यसकारण,
यो प्रस्तावित वार्ताको कुनै औचित्य देखिदैन ।’
विघटित संविधान
सभामारहेका सबै दलहरुसहित आन्दोलनरत सबै दलहरुको बीचमा सहमतिको लागि
सर्वपक्षीय गोलमेच वार्ता गरी राजनीतिक सहमति कायम गर्नु पर्ने स सरकारको
बारेमा पनि दलहरु वीचको सर्वपक्षीय सहमतिबाट टुंगो लगाइनु पर्ने उसको माग छ
।
वर्तमान सरकारलाई असंवैधानिक भन्दै बैद्यले सरकारले गर्न
लागेको निर्वाचनका विषयमा मात्र गरिने वार्ताको कुनै औचित्य नहुने बताउनु
भयो ।
No comments:
Post a Comment