काठमाडौ, बैशाख ८
अखिल क्रान्तिकारीको प्रशिक्षणलाई आइतबार बिहान काठमाडौमा सम्बोधन गर्दै
प्रचण्डले चीन भ्रमणका क्रममा आफूले नेपालको विकास र चीनले दिनसक्ने
सहयोगका विषयमा महत्वपूर्ण छलफल गरेको बताउनुभयो ।
भारत र चीनसंग मिलेर नेपालको विकास गर्ने आफ्नो प्रस्तावमा चीन सकरात्मक
भएको प्रचण्डको भनाई छ । चिनियाँ राष्ट्रपति सि चिनफिङ्गले आफू फर्कने
बेलामा समेत विदेशमन्त्री मार्फत सन्देश पठाएर नेपालको विकासका लागि आफूहरु
गम्भीर भएको बताउनुभएको उहाँले जानकारी दिनुभयो ।
भारत भ्रमणमा पनि आफूले नेपालको विकासमा दुई छिमेकी मिलेर सहयोग गर्नुपर्ने प्रस्ताव लैजाने उहाँले बताउनुभयो ।
त्यस्तै प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले अबको नेपालको संस्थापन पक्ष
एकीकृत नेकपा माओवादी हुने बताउनुभयो । विगतमा राजतन्त्रले नेपालको
संस्थागत प्रतिनिधित्व गरेको भन्दै प्रचण्डले अब नेपालको संस्थापन पक्ष
एकीकृत नेकपा माओवादी हुने दावी गर्नुभयो ।
No comments:
Post a Comment