वुटवल, बैशाख ८
लापरबाही गरेको भन्दै रुपन्देहीको जिल्ला प्रहरी कार्यालयले महिला सेलकी
हवल्दार बृन्दाकुमारी केसी र जवान कमला कुमाललाई निलम्बन गरेर अनुसन्धान
सुरु गरेको हो ।
हत्याको घटना अनुसन्धानका क्रममा पक्राउ परेकी जमुनीदेवी मुखिया उपचार
गराउँदै गर्दा भैरहवाको भीम अस्पतालबाट भागेपछि उनीहरुलाई कारबाही गरिएको
जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सप्तरी बदगामा ८ घर भई भैरहवामा रिक्सा चलाउदै आएका ३५ बर्षीय रामाधिन
मुखियाको हत्यामा सहयोग गरेको भन्दै जमुनीलाई चैत २७ गते पक्रेर प्रहरीले
अनुसन्धान अगाडि बढाएको थियो ।
No comments:
Post a Comment