Thursday, April 25, 2013

सेतीको नयाँ जुनी (फोटो फिचरसहित)


काठमाडौ,                                  
 वैशाख ११ - पर्वतकी सेती गौतम, ६४, पाँच वर्षयता पोखराको लामाचौर सडकमा बस्थिन्। मानसिक सन्तुलन गुमाएकी सेती आफूनजिक मानिस देख्यो कि ढुंगामुढा गरेर लखेट्थिन्। तिनैलाई झन्डै एक वर्षको निगरानीपछि पोखरा उपमहानगरपालिका वडा नं ९ का सचिव तथा समाजसेवी लोकदर्शन कोइरालाले स्वास्थ्यकर्मी दुर्गा केसी र बर्मिला तज्याको सहयोगमा हालै उद्धार गरेका छन्। सडकदेखि अस्पतालसम्म उद्धारको कथा रोचक छ।


गत १ चैतबाट सेतीलाई बसेकै स्थानमा खानामा मिसाएर औषधी खुवाउन थालियो। औषधीले केही फाइदा पुर्‍याएपछि उनलाई नुहाइधुवाइ गरी मोटरमा हाली डा लुमेश्वर आचार्यको सहयोगमा पोखराकै गण्डकी अस्पतालमा भर्ना गरियो।
४ वैशाखमा निकै तङ्गि्रएको अवस्थामा सेतीलाई उनका भाइ भोला गौतमले अस्पतालमै भेटे। ३० वर्षपछि दिदीलाई देखेर उनले आँसु थाम्न सकेनन्। भाइलाई भेट्दा सेती पनि भावुक बनिन्। १३ वर्षको उमेरमा बिहे गरेकी उनले छोरीको मृत्युपछि घर छाडेर हिँडेकी थिइन्। उनलाई पतिको नाम
समेत सम्झना छैन ।  source ekanti[ur.com

seti

1 comment:

  1. धन्य छ सेतीको नयाँ जुनि दिने सहयोगि लाई |
    अनिता कार्की
    राष्ट्र बैंक मार्ग पोखरा ७
    हिजोको कान्तिपुरमा पाँच वर्षयता पोखराको सडक पेटिमा बस्दै आयकी मानसिक सन्तुलन गुमाएकी सेती गौतमले नयाँ जुनि पायको समाचार पढ्न पाइयो यो समाचार पढदा थ्याक्कै याद आइहाल्यो तिनी त तिनै हामीले पोके बुढी नाम राखेकी हाम्रै घर अगाडि बस्ने बुढी आमै पो रैछन मेरो मानसपोटलमा अरु धेरै कुरा हरु पनि खेल्न थाले हामीले पनि तिनी बुढी आमैलाई बिहान बेलुका हाम्रो वरपर आयको बेलामा खाना पानी कुवाउने गर्थ्यौ हामीले त्यतिबेला भाबनात्मक हिसाबले गर्नु पर्ने सहयोग बाहेक केही गर्न सकेनयौ हाम्रो वरपर एक दुई दिन नदेख्दा मलाई लाग्ने गर्थ्यो उनी आज कतै मर्न त मरिनन कता गई होलिन आज कहाँ के गरेर बस्दै छन होला यस्तै यस्तै कुरा हरु मेरो मनमा खेल्ने गर्थे बास्तबमै यो समाजमा मानबिय सम्बेनाको हिसाबले असाय र गरीबहरुलाई सहयोग गर्ने बौदिक बर्गहरु पनि छन आज बाट हामीले त्यस्तै सहयोगि समाज सेबी भनेर नाम लिनु पर्ने बर्गमा पर्नु भयको छ लोकदर्शन कोइराला उहा सँगै उहालाइ साघाउने अरु सहयोगिहरु पनि सह्रानिय पात्र हुनुहुन्छ बास्तबमा यस्ता परिवार बाट बिस्तापित भै मानसिक सन्तुलन गुमायाका ब्यक्तिलाई उद्दार गर्ने महान मान्छे हरुको खाचो छ यस्ता अग्रज हरु बाट नेपालीले पाठ सिक्नै पर्छ |म त्यतिबेला तिनी महिलालाई देखेर जत्ती भाबबिहल हुन्थे आज पनि मलाई त्यती नै भाबनाले छोयो मेरा आँखा बाट आयको आसु मैले रोक्न सकिन मेरो छिमेकी दिदी लक्ष्मी थापा र म मिलेर उनलाई खाना पानी खुवाउने गरेको दिनहरुको सम्झना पनि मनमा निकै घोत्लियर आयो त्यती बेला मलाई लाग्ने गर्थ्यो तिनी महिला मेरो आफ्नै परिवारको सदस्य हो क्रमस ति महिला राष्ट्र बैंक मार्ग बाट बसाइ सर्दै हामी बाट टाढा भईन त्यस पछी ति महिला लाई अली समय पछी मैले आफ्नो बाबु लाई स्कुल छोड्न जादा लामाचौरमा टेन्ट मुनि बसेको देख्न पाइयो अनी मैले मनमनै सोचे यहाँका मानिसहरुको मन कत्ती पवित्र रैछ यस्तो घरबास बिहिन महिला लाई यस्तो टेण्ट हालेर राखेका रैछन भन्ने कुराले मेरो मनमा घर गरेको थियो मलाई लागेको थियो ति महिला अब त्यही टेन्टमा केही दिन बिताउने छन र यिनको जिबनको अन्त्य पनि शायद त्यही टेन्टमा हुने छ तर त्यस्तो भयन आज बिहान मेरो छोरा प्रेम पोख्रेलले मलाई सुटुक्क भन्यो अन्टी तपाईंलाई एउटा खुशीको खबर सुनाउनु छ अनी म कौतुहल्ताका साथ प्रेमले खोल्दै गरेको computer को lcd मा ध्यानमग्न भयर हेरे अनी भेटियो सेतीको नयाँ जिबन सिर्शकमा समाचार.. त्यो समाचारको तल तल हेर्दै जादा बल्ल पो खास कुरा थाहा भयो ति महिला हाम्रो घर अगाडि बस्दा हामीले नाम राखेकी पोके बुढी नै रैछिन मैले त्यस पछी झन त्यो समाचारको सबै अंस पढे म सबै भन्दा बढी भाबुक तब भय जब उनिहरुको दाई बहिनिको भेट भयको र एकले अर्कालाई देखेर निकै रोयको शब्द पढ्दा हुन पनि निकै नयाँ कुरा भयो होला ति दिदी भाईहरुको लागि कल्पना भन्दा बाहिरको कुरा थियो त्यस प्रकारको मानसिक सन्तुलन गुमायाकी दिदी लाई यो अवस्थामा भेट्छु भन्ने उनको भाईको लागि | हो मानिस भयर बाचे पछी एकले अर्को मानिसलाइ सम्मान गर्न जान्नु पर्छ हाम्रो समाज अच्चमको छ खाली धनी मानिसलाइ मात्रै वास्ता गर्ने धनीको वरिपरि घुम्ने तर गरीब असायहरुको सेवाको निम्ती एक मिनेट पनि नसोच्ने हामीले अब त्यस्तै लोकदर्शन कोइरालाहरुको सेवा बाट प्रेरणा लिनु पर्छ म त्यस्ता ब्यक्ती लाई हिर्दय देखी नै सम्मान गर्न चाहन्छु यो देशका धनी भनाउदाहरुले पनि यो समाचार बाट केही शिक्षा लिनु पर्छ समाज निर्मम्ता र कठोर्ताले मात्रै बन्दैन मानबिय गुणले भरी पूर्ण सचेत प्राणिको प्रयत्नले मात्र बन्छ नयाँ बर्षको आगमन संगै यस्ता शुभ समाचारहरु सुन्ने अबसर सधैं मिलोस धन्यवाद साथै एकपटक फेरी मेरो तर्फ बाट हार्दिक सम्मान छ सेतीको नयाँ जिबन सिर्सकको समाचार बनाउने मौका मिलाउने समाजसेबि लाई धन्य छ लोकदर्शन कोइराला लाई साथै बधाई छ सेतीमाया गौतम (पोकेबुढी) लाई नयाँ जिबन पायकोमा ...

    ReplyDelete